सुन र चाँदी दुवैको भाउ घट्यो

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ प्रति तोला २ सय रुपैयाँ तथा चाँदीको भाउ प्रति तोला १५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ७२ हजार रुपैयाँ र तेजाबी सुन प्रति तोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै असली चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँ घटेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ८ सय रुपैयाँ र चाँदी १५ रुपैयाँ बढेको थियो ।