उसुमा नेपाललाई थप स्वर्ण र रजत

काठमाडौं: दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत उसुमा नेपालले थप स्वर्ण र रजत जितेको छ ।

नीमा घर्तीमगरले नान्छवान अल राउन्डमा आज स्वर्ण जितेकी हुन् । बंगलादेशका खेलाडीले रजत र श्रीलंकाका खेलाडीले कास्य जिते । यस अघि नीमाले १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् ।

त्यस्तै, आज बिहान भएको उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका छन् ।