‘उस्तैउस्तै मान्छे’ र ‘मनको सागर’ विमोचित

काठमाडौंः स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित ‘उस्तैउस्तै मान्छे’ र ‘मनको सागर’ को विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले कृतिको विमोचन गरे ।

कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, साहित्यकार लक्ष्मण गाम्नागे, प्रकाश सायमी, संगीतकार राजु सिंह लगायतको उपस्थिति थियो । ‘मनको सागर’मा म ७ ओटा गीत तथा गजल रहेका छन् । ती गीत तथा गजलमा अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोजराज सिवाकोटी, दीपशिखा राहुल, सजल न्यौपाने, बुनु श्रेष्ठ लगायतको स्वर रहेको छ । ती गीत तथा गजलमा किरण कँडेल, बीएन निराकार, रिदम कँडेल र रामकुमार रिमालले संगीत दिएका छन् ।