आजदेखि आर्चरी प्रतियोगिता हुँदै

विराटचोकः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आजदेखि आर्चरी प्रतियोगिता हुँदैछ ।

नेपाल, भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागी हँुदैछन् भने अन्य तीन देशका १६–१६ जना खेलाडी सहभागी हुने भएका हुन् । आज र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडी प्रतिष्पर्धामा उत्रिएका छन् ।

पाकिस्तानले भने अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने बताएको छ ।