गल्फ एकलमा श्रीलंकाकी ग्रेस यातावारा अघि

तस्बिरः राष्ट्रिय खेलकुद परिषद

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गत महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले आफ्नो अग्रता कायम राखेकी छिन् ।

बुधबार ४ ओभर ७६ खेलेकी ग्रेसको १ ओभर १ सय ४५ स्कोर छ । दोस्रो स्थानमा रहेकी श्रीलंकाकै थुहासिनी सेल्भाथानामको १६ ओभर १ सय ६० स्कोर छ । दोस्रो दिन थुहासिनीले ८ ओभर ८० खेलिन् । तेस्रो स्थानमा रहेकी बंगलादेशकी सोनिया अख्तरको १८ ओभर १ सय ६२ स्कोर छ ।

महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडि छ । टिम स्पर्धामा श्रीलंकाले १७ ओभर ३ सय ५ स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको ४१ ओभर ३ सय २९ स्कोर छ । तेस्रो स्थानमा रहेको नेपालको ५४ ओभर ३ सय ४२ स्कोर छ ।