को को छन् मिस पूर्वाञ्चल २०१९ मा भिड्नेहरू

धरानः नेपाल आइस मिस पूर्वाञ्चल २०१९ मा २१ जना प्रतिष्पर्धी छनोट भएका छन् । छनोट भएकामा धरानबाट अनुषा लिम्बू अनुपमा बस्नेत, सुष्मिता बराइली, निभेदिता राजभण्डारी, श्वेता पोख्रेल, मोनालिसा राई, शशि बिसंखे, सिमरन प्रधान र सिमरन लिम्बू रहेका छन् ।

त्यस्तै, मोरङको रतुवामाईबाट बिपना तामाङ, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदीक्षा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बू, वर्षा श्रेष्ठ र प्रिजनी नेपाल रहेका छन् । खोटाङबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई र रेजिना राई, धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी अन्तिम छनोटमा परेका छन् ।

प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ विजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिश्चरे २०१९ तथा एन्जल राई मिस राई २०१९ की विजेता हुन् । त्यस्तै अन्य सहभागी पनि मिस एसईई, मिस धनकुटा, मिस पथरी सनिश्चरेमा भाग लिएका र विभिन्न टाइटल जितेका छन् । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।