पुरुष गल्फमा नेपालका सुवास तामाङको अग्रता

प्रतिष्पर्धामा उत्रिएका शुक्र राई । तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलक्ुद (साग) अन्तर्गत गल्फको दोस्रो दिन बुधबार नेपालका सुवास तामाङले अग्रता लिएका छन् ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा भएको प्रतियोगितामा बुधबार सुवासले ६ अन्डर ६६ खेले । ३६ होलको समाप्तिसँगै सुवासको कुल ७ अन्डर १ सय ३७ स्कोर छ । दोस्रो स्थानमा नेपालकै निरज तामाङ छन् । निरजले बुधबार ३ अन्डर ६९ खेले । निरजको कुल ३ अन्डर एक सय ४१ स्कोर छ ।

पहिलो दिन शीर्ष स्थानमा रहेका शुक्रबहादुर राई तेस्रो स्थानमा झरेका छन् । शुक्रले बुधबार ३ ओभर ७५ खेले । शुक्रको १ अन्डर १ सय ४३ स्कोर छ । शुक्रसँगै श्रीलंकाका चनका परेरा र एन रंगाको पनि समान स्कोर रहेको छ ।

पुरुषको टिम स्पर्धामा पनि नेपाल अगाडि नै छ । नेपाली टिमको १४ अन्डर ४ सय १८ स्कोर छ । दोस्रो स्थानमा रहेको श्रीलंकाको इभनपार ४ सय ३२ स्कोर र तेस्रो स्थानमा रहेको बंगलादेशको २ ओभर ४ सय ३४ स्कोर छ ।