मिस पूर्वाञ्चलको दशौं संस्करणमा २१ जना प्रतिष्पर्धी

धरानः नेपाल आइस ‘मिस पूर्वाञ्चल’को दशौं संस्करणमा २१ जना युवती छनोट भएका छन् ।

आयोजकका अनुसार धरान, इटहरी र विराटनगरका विभिन्न कलेजमा कलेज एक्टिभेसन र धरानमा गरिएको अडिसनबाट उनीहरू छानिएका हुन् । अघिल्लो सातादेखिको गु्रमिङ क्लास, फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिष्पर्धी छानिएको बताइएको छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले पुस ५ गते धरानमा हुने भएको छ ।