कबड्डीमा नेपालको मिश्रित प्रदर्शन

पुरुष कबड्डीमा भिड्दै नेपाल र बंगलादेशका खेलाडी । तस्बिरः राष्ट्रिय खेलकुद परिषद

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत हिजो बुधरबारदेखि शुरु भएको कबड्डीमा नेपालको प्रदर्शन मिश्रित रहेको छ । पुरुष कबड्डीमा पराजय भोगेको नेपालले महिला कबड्डीमा भने विजयी शुरुवात गरेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको महिलाको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले पराजित ग¥यो । महिलाकै अर्को प्रतिस्पर्धामा भारतले श्रीलंकालाई ५४–५३ ले पराजित गर्याे ।

पुरुषमा बंगलादेशले नेपाललाई ४३–१५ ले पाखा लगायो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई २९–२७ ले हरायो ।

पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् । पुरुष÷महिला दुवैमा राउन्ड रोबिन लिगका आधारमा खेल भएको हो ।