नेप्से सूचकसँगै बढ्यो कारोबार रकम पनि

विराटचोकः कारोबार खुलेदेखि नै हरियो भएको नेप्से अन्तिम समयसम्म पनि हरियो नै भएर बन्द भएको छ । बजार बढ्दै जाने क्रममा दोहोरो अंकको वृद्धि भए पनि त्यसमा केही करेक्सन भई बजार बन्द हुने समयमा पौने ९ अंकले नेप्से सूचक बढेको छ ।

जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २ दशमलव ८१ प्रतिशतले बढ्दा निर्जीवन बीमा कम्पनीको सूचक २ दशमलव ५६ र लघुवित्त समूहको सूचक २ दशमलव २२ प्रतिशतले बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २ करोड ८२ लाख ४२ हजारभन्दा बढीको कारोबार भएको बजारमा एनआईसी एशिया कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।

एनआईसी एशियाको १ करोड ९३ लाख ६० हजार र एनएमबी बैंकको १ करोड ७२ लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से ८ दशमलव ७३ अंकले बढेर १ हजार १ सय २४ दशमलव ४७ अंकमा पुगेको छ । जम्मा ३० करोड ८२ लाख १४ हजार रुपैयाँभन्दा धेरै रकमको शेयर किनबेच भएको छ ।

प्रभु इन्स्योरेन्सको ८ दशमलव ५० र गुराँस लघुवित्तको ७ दशमलव ८४ प्रतिशतले मूल्य बढेको बजारमा अन्य ४ कम्पनीको शेयरमूल्य ७ दशमलव ७० प्रतिशत हाराहारी बढेको छ ।

त्यस्तै, वरुण लघुवित्तको ७ दशमलव ९५, घोडीघोडा लघुवित्तको ५ र सिन्धु विकास बैंकको ४ दशमलव ६१ प्रतिशतले मूल्य घटेको छ ।