गुराँस लघुवित्तको कार्यकारी अधिकृतमा भेषबहादुर बस्नेत

विराटचोकः धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा भेषबहादुर बस्नेत नियुक्त भएका छन् ।

कम्पनी सचिवको समेत जिम्मेवारी पाएका बस्नेत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत छन् । उनी २३ वर्ष स्वाबलम्बन लघुवित्तमा विभिन्न तहसहित विभागीय प्रमुखसम्म भएका व्यक्ति हुन् ।