काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज भएको उसु खेलका क्रममा विवाद भएको छ । लगनखेलस्थित नेपाली सेनाको तालीम तथा प्रशिक्षण केन्द्रमा प्रतियोगिताको नतिजालाई लिएर विरोध भएको हो ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकहरुका अनुसार भारत, नेपाल, बंगलादेश र श्रीलंका क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भएका थिए । तर म्याच रेफ्रीले सबैभन्दा कमजोर श्रीलंकन खेलाडीलाई विजेता घोषित गरी भारतलाई दोस्रो र नेपाललाई तेस्रो घोषित गरे ।
निर्णयसँगै भारतीय र नेपाली प्रशिक्षक र अफिसियलले विरोध गरे । आयोजकले पदक वितरण गर्न गर्न थालेपछि श्रीलंकन खेलाडी पदक लिन गए पनि भारतीय खेलाडीले पदक लिन अस्वीकार गरेपछि पदक वितरण समारोह बिथोलिएको छ ।