खो खोमा नेपाल फाइनलमा

महिला खोखो खेलाडी (नीलो) बंगलादेशका खेलाडीसँग प्रतिष्पर्धा गर्दै । तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः १३ औं सागअन्तर्गत भएको खो खोमा नेपाली महिला टिम मंगलबार फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ७–६ ले पराजित ग¥यो । उपाधिका लागि नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा भारतले श्रीलंकालाई २५–१ को फराकिलो अन्तरले हरायो ।

पुरुषतर्फ बंगलादेश र भारतले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा बंगलादेशले नेपाललाई २४–२३ को झिनो अन्तरले पाखा लगायो । भारतले श्रीलंकाको यात्रा २४–८ ले पूर्णविराम लगायो । पुरुष÷महिला दुवैमा सेमिफाइनलमा पराजित हुनेले तेश्रो स्थानका लागि खेल्ने छ ।