महिला तथा पुरुष दुवै भलिबलमा भारतले जित्यो स्वर्ण

महिला भलिबलको फाइनलमा भिड्दै भारत र नेपाल (रातो) का खेलाडी । तस्बिरः राष्ट्रिय खेलकुद परिषद

काठमाडौंः १३ औं दक्षिण एसशयाली खेलकुद –साग) अन्तर्गत भलिबलको महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको महिला फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण जित्यो ।

भारतले नेपाललाई २५–१७,२३–२५,२१–२५,२५–२० र १५–६ ले पराजित गर्यो । महिला भलिबलमा नेपालले रजत जित्दा श्रीलंकाले कास्य जित्यो ।

पुरुषतर्फ भारतले पाकिस्तानलाई ३–१ को सेटमा हराएर स्वर्ण जित्यो ।

भारतले पाकिस्तानलाई २०–२५, २५–१५, २५–१७ र २९–२७ ले हरायो । पुरुषमा पाकिस्तानले रजत र श्रीलंकाले कास्य जित्यो ।