महिला तथा पुरुष ब्याडमिन्टनमा भारतलाई २ स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिन्टन प्रतियोगिताको टिम इभेन्टतर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ । आज राति भएको फाइनल खेलमा भारतले श्रीलंकालाई पराजित गरेको गर्दै स्वर्ण जितेको हो ।
भारतले पुरुषतर्फ ३–१ र महिलातर्फ ३–० को सेटमा सहज जीत निकालेको हो ।