सागको ३५ वर्षे इतिहासमा माल्दिभ्सलाई पहिलो स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) माल्दिभ्सको लागि अविष्मरणीय बनेको छ । सागमा पहिलो पटक एथलेटिक्स विधाबाट पदक जितेर सागको ३५ वर्षे इतिहासमा उसले इतिहास रचेको हो ।

अघिल्लो सागमा माल्दिभ्सलाई रजत पदक दिलाएका २७ वर्षीय हसन साइदले १ सय मिटर दौडमा स्वर्ण जितेका हुन् । १० दशमलव ४९ सेकेण्डमा दौड पूरा गरेर उनले स्वर्ण पाएका हुन् । श्रीलंकाका हिमेश इशानले रजत पदक पाए ।