लायन्स क्लब अफ इन्द्रपुरद्वारा सरसफाइ कार्यक्रम

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको लायन्स क्लब अफ इन्द्रपुरले मङ्गलबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

‘डिजी सर्भिस विक’अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको खोर्साने बजारमा आज बिहान सरसफाइ कार्यक्रम गरेको हो । मंसिर १५ गतेदेखि २१ गते (डिसेम्बर १ तारिखदेखि ७ तारिख) सम्म क्लबले साताव्यापी कार्यक्रम आयोजना गरेको छ ।

पहिलो र दोस्रो दिन बेलबारीमा रहेको नेत्रहीन सङ्घमा दृष्टिविहीनलाई सेतो छडी वितरण र सुन्दरहरैंचा नगरपालिका ११ निवासी क्यान्सरपीडित हीरादेवी चौधरीलाई आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक युवराज दाहालले बताए ।

यस्तै, १८ गते बेलेपुरमा ज्येष्ठ नागरिक सम्मान, १९ गते जुडी आधारभूत प्राविका विद्यार्थीलाई स्टेशनरी वितरण, गर्ने कार्यक्रम रहेको छ । २० गते विराटचोकमा बृहत रक्तदान कार्यक्रम र २१ गते हरँैचामोडमा ट्राफिक सचेतना कार्यक्रम गरिने इन्द्रपुर लायन्स क्लबका अध्यक्ष रमेश खड्काले बताए ।

आज भएको कार्यक्रमको संयोजक योजना शर्मा रहेकी थिइन् ।