यी हुन् १३ औं सागमा स्वर्ण पदक दिलाउने, जसले १२ औं सागमा रजत पदक पाएका थिए

तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः ३ वर्षअघि भारतमा भएको १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा रजत पदक दिलाउने केही खेलाडीले यस पटक स्वर्ण पदक दिलाएका छन् ।

तीमध्ये १ जना हुन् १९ वर्षीय विजय सिञ्जाली । उसुको छानछ्वान विधामा उनले स्वर्ण जितेका हुन् । सिञ्जालीले ९ दशमलव ४८ अङ्क ल्याएर स्वर्ण जिताएका हुन् ।

उसुबाटै दोस्रो स्वर्ण जितेकी सुस्मिता तामाङले पनि १२ औं सागमा रजतमै चित्त बुझाएकी थिइन् । उसुको छानछ्वानमा ९ दशमलव ४४ अङ्क ल्याएर स्वर्ण जितिन् । दोस्रो भएकी श्रीलंकाकी वातसालाले ८ दशमलव ८५ र तेस्रो भएकी बंगलादेशकी नुर बाहेर बेगमले ७ दशमलव ३५ अङ्क पाइन् ।