शून्यका विरुद्ध ४ गोल गर्दै पुरुष फुटबलमा पनि नेपालको विजयी शुरुवात

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको छ । खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी ३ गोल भने दोस्रो हाफमा गरेको थियो ।

खेलको ५० औं मिनेटमा सुजलले नै दोस्रो तथा ६६ औँ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरे । मिक्चेन तामाङले ७७ औं मिनेटमा गरेको गोलपछि नेपाल र भुटान कुनै पनि टिमले गोल गर्न नसक्दा खेल ४–० ले नेपालले जितेको हो ।