ट्रम्पको करवृद्धिको घोषणासँगै विश्व शेयर बजार ओरालो गतिमा

विराटचोकः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ब्राजिल र अर्जेन्टिनाका सामानमा शुल्क वृद्धि गर्ने घोषणासँगै मंगलबार विश्व शेयर बजारले ओरालो गति समाएको छ ।

आज एशियाली प्रशान्त शेयर ० दशमलव ३७ प्रतिशतले घटेको छ भने अस्ट्रेलियाली शेयर २ प्रतिशतभन्दा बढीले घटेको छ । यो दुवैको शेयर बजार दुई महिनाकै सबैभन्दा खराब दिनका रूपमा रहेको छ ।

यसैगरी चीनको ब्लू–चिप सीएसटी ३०० सूचक ० दशमलव ६२ प्रतिशतभन्दा धेरैले घटेको छ भने जापानको निक्केई सूचकमा ० दशमलव ६१ प्रतिशतको गिरावट देखिएको छ ।

सोमबार डोउ जोन्स इन्डेक्स ० दशमलव ६८ प्रतिशतले घटेको थियो भने एस एण्ड पी ० दशमलव ५९ प्रतिशत र नास्डाक ० दशमलव ९४ प्रतिशतले घटेको थियो ।

सोमबार अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेसँगै उक्त गिरावट देखिएको बताइएको छ । – एजेन्सी