पौने ४ अङ्कले बढेको नेप्सेमा कारोबार रकम पनि वृद्धि

विराटचोकः नेप्से सूचक मङ्गलबार ३ दशमलव ७५ अंकले बढेर १ हजार १ सय १५ दशमलव ७४ बिन्दुमा आइपुगेको छ । १७२ कम्पनीको २६ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १० लाख १० हजार ९ सय ९१ कित्ता शेयर आज किनबेच भएका हुन् ।

आज १२ समूहको कारोबार भएकामा ८ समूहको सूचक माथि लागेको छ । कारोबार रकममा सिद्धार्थ बैंकको संस्थापक शेयरले अग्रता लिएको छ । यसको २ करोड ६० लाख रुपैयाँभन्दा बढीको किनबेच भएको छ । एनएमबी बैंक दोस्रो र नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा तेस्रो स्थानमा रहेका छन् ।

घोडीघोडा लघुवित्तको १० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ८ दशमलव १४ र हिमालयन डिस्टिलरीको ५ दशमलव ७० प्रतिशतले मूल्य बढेको छ ।

उता, साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ४१ प्रतिशतले सम्पत्ति गुमाउँदा गुराँस लघुवित्तको २ दशमलव ४७ र बेस्ट फाइनान्सको शेयरमूल्य २ दशमलव ३० प्रतिशतले ओरालो लागेको छ ।