क्रिकेटमा नेपालद्वारा श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य

काठमाडौंः १३ औं सागअन्तर्गतको क्रिकेट प्रतियोगितामा नेपालले श्रीलंकाको अण्डर १३ टोलीसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर नेपालले १ सय ७२ रन बनाएको हो । काठमाडौंको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन ।
आज पारस खड्का व्यक्तिगत १ रनमा आउट भए । आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए ।