२० औं स्वर्ण दिलाइन् एथलेटिक्सकी सन्तोषीले

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) को एथलेटिक्स विधामा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । यस प्रतियोगितामा नेपालको लागि २० औँ पदक सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा दिलाएकी हुन् ।

निर्धारित दूरी ३५ मिनेट ७ दशमलव ९४ सेकेण्डमा पार गरी उनले स्वर्ण जितेकी हुन् । भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले कास्य पदक जिते ।