नवीनले कराँतेमा दिलाए अर्काे स्वर्ण

काठमाडौंः ६७ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका नवीन रसाइलीले कराँतेको कुमुतेमा नेपालका लागि स्वर्ण पदक दिलाएका छन् ।

आज भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराएका हुन् । पहिलो दिन १५ स्वर्ण पाएको नेपालले आज थप ४ ओटा स्वर्ण पाइसकेको छ ।