सरु भण्डारीको निर्णायक गोलसँगै महिला फुटबलमा नेपालको विजयी शुरुवात

विराटचोकः अनिता केसीको पासमा सरु भण्डारीले गरेको निर्णायक गोलसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराउन सफल भएको हो । पोखरा रंगशालामा भएको खेलमा निर्धारित समयको अन्त्यतिर भण्डारीले गरेको गोल नै निर्णायक गोल साबित भयो ।




Leave a Reply

Your email address will not be published.