विजय र सुस्मिताले उसुमा दिलाए नेपालका लागि स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक दिलाएका हुन् ।

आज लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा विजयले ९ दशमलव ४८ प्वाइन्ट बनाएका थिए । ९ दशमलव ३४ प्वाइन्ट जोडेका बंगलादेशका मोहम्मद ओमारले रजत र पाकिस्तानका मोहम्मद अब्दुलले कास्य जिते ।

उता, सुस्मिताले ९ दशमलव ४४ अंकका साथ स्वर्ण जित्दा श्रीलंकाले रजत र बंगलादेशले कास्य हात पारेको छ ।