हिमाल टमाटाले जिते दुवाथोलनमा स्वर्ण, लक्ष्मण मल्लले जिते रजत

विराटचोकः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले दुवाथोलनमा स्वर्ण र रजत पदक जितेको छ ।

आज पोखरामा भएको प्रतियोगितामा हिमाल टमाटाले स्वर्ण पदक र लक्ष्मण मल्लले रजत पदक जितेका हुन् । श्रीलंकाका आसेष परेभाले कास्य पदक हात पारे ।