वडा नं ७ मा अचार बनाउने तालिमको समापन

पथरी / पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा तीन दिने स्तरोन्नतिका लागि अचार बनाउने तालिमको समापन गरिएको छ ।

वडा नं ७ को सम्झना चौकमा मंगलबार उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा सो तालिमको समापन गरिएको हो । वडाध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाका महिला दिदीबहिनीहरुले तालिम लिएका हुन् । वडाका पुराना लघु उद्यमीहरूलाई समेटेर स्तरोन्नतिको लागि तालिम दिइएको हो । तालिमको प्रशिक्षक खाद्य प्रशिक्षण अधिकृत दृश्य ढकालले गर्नुभएको थियो ।