आई.पी.भी. खोप सञ्चालन तथा व्यवस्थापनको लागि बैठक सम्पन्न

पथरी / राष्ट्रिय खोप आई.पी.भी। खोप सञ्चालन तथा व्यवस्थापनको लागि स्थानीय तह स्तरीय खोप समन्वय समितिको एक दिने बैठक सम्पन्न भएको छ ।

आज नगरपालिकाको सभाहलमा नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले आयोगना गरेको सो कार्यक्रमको प्रस्तुतिकरण जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगरले गर्नुभएको थियो । सो कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामुदायिक विद्यालयका प्रअ, निजी विद्यालयका प्रतिनिधिहरु, व्यापार संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सिअहेव अधिकृत एकराज खत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं। १० का अध्यक्ष जीवन खतिवडा र शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले खोपका विषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो । सो कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका मुख्य उद्देश्यहरु, विगतमा नेपालमा गरिएका प्रयासहरु, पोलियो उन्मुलनको अवस्था र खोप सञ्चालनको औचित्य सम्वन्धी प्रस्तुतिकरण राखिएको थियो । राष्ट्रिय खोप आई।पी।भी। खोप सञ्चालन जेठ १३ गतेदेखि हँुदैछ ।