देबिकला जव खैलाबैला बन्दै पीडीतको आँशुमा नुनचुक छर्किन आईन…

उर्लाबारी / ‘गाई त बान्ने ढुंग्रोमा मोहि छैन ,मोहि छैन गरिबको चमेली बोल्दिने कोहि छैन’ यो शब्द ठ्याक्कै मेल खान्छ उर्लाबारीको घटनामा । अघिल्लो चोटी हावामा वडा सदस्य भएकी देवीकला राईको हर्कतले यस्तै जनाउछ ।  नबोल्ने ठङ्ग न हर्कत ह्याहा ह्याहा भन्दा पुगि हाल्छ उनलाई ।

उर्लाबारीका सचेत युवा देवीकलाको दोहोरो काँचुलि चरित्रले आजित भएका मात्र छैनन्, समाजमा यस्ता मान्छे पनि छन भनेर आफ्नै समाजप्रति चिन्ता प्रकट गरेका छन् । मोरङको उर्लाबारी वार्ड नं ५ कि मुना बिकले एक नाबालिकालाई निर्घात कुटपिट गरि हात भाँचिदिईन् ।  ४ बर्षिय बालिका अबिगेल धिमालको हात बिकले भाचिदिएको घटना गुपचुप हुने नै थियो । तर उर्लाबारीका सुजन सेन्दाङ र मिथुन थापा जव कामले हस्पिटल पुगे । अनि थाहा भयो कि धिमाल नानी र उनको परिवारमाथि अन्याय भएको छ ।

बोक्रे समाजसेवीको छाप बसाएकी देवीकलाले पनि कतैबाट खबर थाहा पाईन् । अनि न्यायको प्रतिमुर्ति बन्ने बोक्रे सपनाका साथ उर्लाबारी थानामा पुगिन् । तर भयो अर्कै । पूर्व वडा सदस्य भएर यसपटक लज्जास्पद हार बेहोरीकी उनको भुमिका भयो छि भन्ने । उनी हात भाँचिएकी नाँनीको पक्षमा बोल्न आएकी थिइन्, तर बोलिनन् । किनकी उर्लाबारी ५ झुम्रहाको भोट बिग्रीन्छ रे ।

४ बर्षिय बालिका अबिगेल धिमालको हात बिकले भाचिदिएकी हुन। विभिन्न परिवारकी अबिगेललाई बिनाकारण कुटपिट गरि हात भचाईदिएको र आफुहरु निकै समस्यमा परेको अबिगेलकी आमा फुलमाया धिमालले बताउनु भयो। आमा धिमालले भन्नुभयो यस्तो क्रूर यातना त पशुलाई पनि दिईदैन। हामी न्यायको खोजिमा छौ । उहाँ भन्नुहुन्छ। ती बालिकाको उद्दारको लागि उर्लाबारीका मिथुन थापा, सुजन सेन्दाङ्ग लिम्बू र तारा लाबुङ्ग्ले भुमिका निर्वाह गर्नुभएको छ।