१३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नेपाललाइ १५ स्वर्ण

बिराटचोक   १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा जितेको हात पारेको छ । नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको हो ।
त्यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।