अन्तरास्ट्रिय अपाङ्गता दिबसका अवसरमा दीप प्रज्वलन

 बिराटचोक ः दिगो बिकासको लक्ष्य अपाङ्ग मैत्री भबिस्य भन्ने मुल नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरुको २८ औ अन्तरास्ट्रिय दिबसका अवसरमा सोमबार मोरङको सुन्दरहरैंचास्थीत  गछिया बजारमा दीप प्रज्वलन गरी मनाइएको छ ।

अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचा पुनर्स्थापना विकास केन्द्र र अपाङ्ग महिला सङ्घ मोरङको संयुक्त आयोजनामा साँझ दीप प्रज्वलन गरेको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्ति लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भोली मङ्गलवार (याली, सबै वडाका अपाङ्गता भएका व्यक्तिहरू बिच हाजिरीजवाफ प्रतियोगिता र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने नेपाल अपाङ्गता महिला सङ्घ मोरङकी अध्यक्ष भिमा खतिवडाले बताइन् ।