बेलबारीमा सुबिधा सम्पन्न क्लासिक क्याफे एण्ड रेष्ट्रो सञ्चालन

 बिराटचोक :  मोरङको बेलबारी १ सिनेमाहल लाईनमा सुबिधा स म्पन्न क्लासिक क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । आईतबार देखि क्याफे एण्ड रेष्ट्रो बिधिवत रुपमा सञ्चालनमा आएको हो ।

बेलबारीका स्थानीय ३ जना युवाहरुले सो क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा ल्याएका हुन । बेलबारी १ का सीताराम राई,राजन चौहान र बेलबारी ११ का बिक्रम बान्तावाले करिब ६० लाख रुपैया लगानी गरी सञ्चालनमा ल्याएको रेष्ट्रो अत्याधुनिक र सुबिधा सम्पन्न रहेको छ ।

सुन्दर,शान्त बाताबरणमा,आर्कषक डेकोरेसनका साथमा रेष्ट्रो सञ्चालनमा ल्याईएको छ । बेलबारीको आबश्यत्तालाई मध्यनजर गरी रेष्ट्रो सञ्चालनमा ल्याईएको सञ्चालक बिक्रम बान्तावा राईले बताए । अर्डर अनुसारका सबै प्रकारका खाना सुन्दर र शान्त बातबरणमा बसेर आनन्द लिन सकिने सञ्चालक मध्येका राजन चौहानले बताएका छन् ।

बेलबारीको बढ्दो बजार र यहाँको आबश्यत्तालाई मध्यनजर गरी रेष्ट्रो सञ्चालनमा ल्याएको सञ्चालक सीताराम राई बताउँछन ।