महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

पोखराः नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा माल्दिभ्समाथि १० विकेटको शानदार जीत हात पारेको छ ।

टस जितेर ब्याटिङ थालेको माल्दिभ्सले १० दशमलव १ ओभरमा सबै विकेट गुमाएर १६ रन बनाएको थियो । नेपालले पहिलो ओभरमै ओभरमै ती सबै पूरा गरेको थियो । नेपालको जीतको लागि काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन जोडिन् ।