महिला एकल कातामा चञ्चलालाई रजत पदक

काठमाडौंः नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एशियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् ।

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२–२५ ले पराजित भइन्् ।

यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी थिइन् । सो प्रतिस्पर्धामा बंगलादेशकी अख्तर र श्रीलंकाकी हेटशी आराची लागेले काश्य पदक जितिन् ।