१ मतको फरकले धरानको ७ नम्बर वडामा नेकपा विजयी

धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर ७ मा १ मतको अन्तरमा नेकपाका जीवराज सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ६ सय २२ मत ल्याउँदा कांग्रेसका सुवर्णमोहन पलिखेले ६ सय २१ मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाका दिनेश शाक्यले २० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी निता राईले ७ मत ल्याएकी छिन् । यो वडामा जम्मा ४ जनाले उम्मेद्वारी दिएका थिए । २ हजार २५ मतदातामध्ये १ हजार ३ सय ३१ मत खसेको थियो । जसमा ६१ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

यद्यपि १ मतको फरकले नतिजा आएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको लिखित माग गरेको छ ।