चौथो स्वर्ण करातेको महिला टिम कातामा

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । यो नेपालका लागि चौथो स्वर्ण हो ।

प्रतियोगितामा नेपालका निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्ल सहभागी थिए । नेपालले २४ दशमलव ८८ अङ्क जोड्दा रजतमा चित्त बुझाएको पाकिस्तानले २३ दशमलव ३ अंक जोडेको थियो ।