तेक्वान्दोमा पायो नेपालले तेस्रो स्वर्ण

काठमाडौंः १३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जितिरहेको छ । यसै क्रममा तेस्रो स्वर्ण पदक भर्खरै नेपालले जितेको छ ।

२३ देखि २९ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले ८ दशमलव २ सय ७० अंक जोड्दा ८ दशमलव २ सय अंक जोडेका भारतीय खेलाडीले रजत र ८ दशमलव १ सय ५० अंक जोडेका श्रीलंकाली खेलाडीले कास्य पदक पाएका छन् ।