घरदैलोको क्रममा कांग्रेस उम्मेद्वार राई नेकपाका उम्मेद्वार प्रकाश राई (चस्मा लगाएका) सँग अंकमाल गर्दै ।
धरानः धरान उपमहानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी भए पनि नेपाली कांग्रेस विजयको नजिक पुगेको छ ।
वडा नं ७ को मात्र मतपरिणाम आउन बाँकी रहेको छ । सो वडामा वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन भएको छ । वडाध्यक्षमा पनि कांग्रेसले अग्रता लिएको छ ।
हालसम्मको मत परिणामअनुसार कांग्रेसका तिलक राईले २५ हजार ९ सय ९५ मत ल्याउँदा नेकपाका प्रकाश राईले २३ हजार ३ सय ९३ मत ल्याएका छन् । १ जना स्वतन्त्र उम्मेद्वारको पक्षमा अझै पनि १ मत पनि आएको छैन । यस्तो छ बढी मत ल्याउने ७ जना उम्मेद्वारले ल्याएको मत ।