सागमा फुटबल र क्रिकेटको प्रतिस्पर्धा आजदेखि

विराटचोकः आज सोमबारदेखि १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गत फुटबल र क्रिकेट शुरु हुँदैछ । महिला क्रिकेटको आज हुने उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।
सागको पुरूष फुटबलका खेल दशरथ रंगशालमै हुने भएका छन् । अन्तिम समयया भारतले नखेल्ने भएपछि पुरूष फुटबलमा ५ टिमले राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो दिन सोमबार बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच खेल हुने भएको छ ।