सागमा आजैदेखि स्वर्ण पदकको टुंगो लाग्ने

विराटचोकः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत केही खेलको पदकको टुंगो आज सोमबारदेखि नै लाग्ने भएको छ ।

हिजो औपचारिक उद्घाटन भएको २६ खेल समावेश सागको यस संस्करणमा भलिबल खेल मंसिर ११ देखि शुरु भइसकेको छ ।

सोमबारदेखि शुरु हुने तेक्वान्दो र करातेको पनि पहिलो दिनदेखि नै स्वर्णको छिनोफानो हुने भएको छ । तेक्वान्दोमा ग्योरोगीमा १६ र पुम्सेमा १३ गरी २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । यस्तै करातेमा कुमुतेतर्फ १५ र कातातर्फ ४ गरी १९ स्वर्णका लागि खेलाडी भिड्नेछन् ।

तेक्वान्दोमा पुम्सेतर्फ समावेश १३ ओटै स्वर्णको छिनोफानो सोमबार एकै दिनमा हुनेछ । यस्तै कराँतेमा व्यक्तिगत र टिम कार्तातर्फको ५ र कुमेतेको ५ गरी ९ स्वर्णको आज टुंगो लाग्नेछ ।