दाङको प्रदेशसभा सदस्यमा नेकपा विजयी, कांग्रेस दोस्रो, साझा पार्टी तेस्रो

विराटचोकः दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव शर्मालाई ५ हजार बढी मत अन्तरले उनले पछि पारेकी हुन् । खत्रीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याउँदा कांग्रेस उम्मेदवार शर्माले १९ हजार १ सय ८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेको साझा पार्टीका शिवराज चौधरीले २ सय ६६ मत ल्याएका छन् ।