पक्राउपूर्जी दिएर एम्बुलेन्समा राख्यो प्रहरीले कृष्णदासलाई, आज पत्रकार सम्मेलन गरी थप जानकारी दिइने

फाइल तस्बिर

विराटचोकः आफूलाई सिद्धबाबा भन्ने कृष्णदास गिरीलाई प्रहरीले एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय लगेको छ । हृदयाघात भएको नाटक गर्दै उनलाई अस्पतालको आइसीयुमा राखिए पनि शुभचिन्तक भेट्न थालेपछि उनलाई आज बिहान ५ बजे प्रहरीले पक्रेको हो ।

प्रहरीको निगरानीमा रहेका उनलाई उनी उपचाररत् विराट नर्सिङ होमबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनको पक्राउपछि अस्पताल प्रशासनले भने विरोध जनाएको छ ।

बिरामी अवस्थामा नै प्रहरीले नियन्त्रणमा लिएको भन्दै अस्पताल प्रशासनले विरोध जनाएको हो । गिरीलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने र घटनाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।