२ उम्मेद्वारमा ४ मतको फरक, ४ मत बदर

विराटचोकः बैतडीको सूनर्या गाउँपालिका वडा नं १ को अध्यक्षमा १ मात्र प्रतिद्वन्दीलाई ४ मतले हराउँदै कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । जम्मा ४ मत बदर भएको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका गजेन्द्रबहादुर चन्द २ सय १९ मत ल्याएर विजयी हुँदा नेकपाका धनबहादुर चन्दले २ सय १५ मत ल्याए ।

६ सय १९ जना मतदाता भए पनि ४ सय ३८ मत खसेकोमा ४ मत बदर भएको थियो ।