एमालेले जितेको वडामा समाजवादीको जीत, कांग्रेस सबभन्दा पछि

विराटचोकः सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं १ मा अघिल्लो चुनावमा एमालेले जितेको थियो भने यसपटक समाजवादीले जितेको छ ।

समाजवादी पार्टीका श्यामबाबु राय ३ सय ४७ मत ल्याएर विजयी हुँदा राजपाका रामविश्वास राय र नेकपाका दोस मोहम्मद अन्सारीले बराबरी अर्थात् ३ सय २८ मत ल्याएका छन् ।

जनमत पार्टीले ५२ मत ल्याउँदा नेपाली कांग्रेसले २३ मत ल्याएर सबभन्दा पछि रहेको छ । २ जना स्वतन्त्र उम्मेद्वार उठेका भए पनि उनीहरुले शून्य मत पाएका छन् ।