पहिले एमालेले जितेको वडामा १ सय ६ मत बढी ल्याउँदै कांग्रेस विजयी

विराटचोकः अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष पद पनि कांग्रेसले हात पारेको छ । नेपाली कांग्रेसका शोभाकर खनाल १ हजार १ सय ५९ मत ल्याएर विजयी भएका छन् ।

यसअघि तत्कालीन एमालेले चुनाव जितेको यो वडामा यसपटक नेकपाका यामलाल खनालले १ हजार ५३ मत ल्याए । उनी १ सय ६ मतले पराजित भएका हुन् । ३ जना उम्मेद्वारमध्ये तेस्रो हुने उम्मेद्वार राप्रपाका रणबहादुर खनालले जम्मा ४ मत ल्याएका छन् ।