खैरहनी नगरपालिका वडा नं ४ मा पनि कांग्रेस विजयी

विराटचोकः चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा पनि कांग्रेसले जीत हासिल गरेको छ । नेपाली कांग्रेसका देवबहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपाका वेदबहादुर अधिकारीले ९ सय ८६ मत पाए ।

यसअघिको चुनाव पनि यो वडामा कांग्रेसले नै जितेको थियो ।