पथरीशनिश्चरेकि किशोरीको हत्या प्रकरणमा निश्पक्ष छानविन गर्न सरकारसंग सांसदको शर्माको आग्रह

पथरी / मोरङको पथरीशनिश्चरेमा गएराति भएको किशोरी हत्या प्रकरणमा गहन छानविन गरि दोषिलाई कारवाहि गर्न सरकारसंग सांसद शुनिल शर्माले आग्रह गर्नुभएको छ । उक्त हत्या प्रकरणसम्बन्धि सत्यतथ्य पत्ता लगाई दोषिलाई कारबाहि गरि परिवारलाई न्याय दिलाउन सांसद शर्माले सरकारसंग आग्रह गर्नुभएको छ ।

घटनाको छानबिन गरि कारवाहि गर्न माग गर्दै उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘मेरो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर ३ पथरी शनिस्चरे ७ स्थित लामा टोलमा १५ वर्षीया बालिकाको हत्या भएको खबरले एकदमै दुःखित भएको छु । घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाइ दोषी लाई कारबाही गरि परिवारलाई न्याय दिलाउन सरकारलाई अनुरोध गद्र्छु । ’ पथरीशनिश्चरे वडा नं ७ मा आफन्तको घरमा बस्ने खोटाङकी १५ वर्षिय ज्ञानकुमारी राईको धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो ।

राति करिव १० बजे सौचालय छेउमा आवाज आएपछि जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताउनुभयो । घटना भएको जानकारी पाउनासाथ प्रहरी उक्त स्थानमा पुगेको थियो । हाल मृतकको शव पोष्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाएको प्रहरीले जनाएको छ । भने घटनाको प्राम्भीक अनुसन्धान सुरु गरिसकेको समेत प्रहरीले जनाएको छ ।