पथरीशनिश्चरेमा धारिलो हतियार प्रहार गरि १५ बर्षिय युवतीको हत्या

पथरी / मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा एक युवतिको हतया भएको छ । सोमबार राति करिव १० बजे १५ बर्षिय युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले बताएको छ ।

आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न पुग्दा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए । मृतक राईको शव घर र शौचालयको वीचमा रहेको प्रहरीले जनाएको छ ।

बिनोद ज्ञानमतिको मामाको छोरा हुन् । समाचार तयार पार्दा घट्नाको अनुसन्धानको लागि कुकुर मगाउन पर्नेहुन सक्ने भएकोले शव नछोइकन घेरा गरेर राखिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुसिलकुमार पाण्डेले जानकारी दिए । घट्ना, कस्ले र किन घटाएका खोजि सुरु भएको प्रहरीले जनाएको छ ।