पथरी बालिका हत्या: शंकास्पद एकजना पक्राउ

पथरी / मोरङको पथरी शनिश्चरे ७ लामाटोलमा आफन्तको बसेर अध्ययन गरिरहेकी १५ वर्षिय बालिका ज्ञानुकुमारी राईको हत्या आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार बारा तिर घर भएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । हिजो फागुन २१ गते सोमबार राती करिब १० बजेको समयमा राईको हत्या भएको थियो । प्रहरी स्रोतले जानकारी दिए अनुसार आज इलाका प्रहरी कार्यालय पथरीबाट पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने तयारी रहेको जनाइएको छ ।